Section 5
अनुमतिपत्र दिने
: (१) दफा ४ बमोजिम दरखास्त परेमा समितिले तोकिएको प्रक्रिया पूरा गरी दरखास्तवालालाई तोकिए बमोजिमको ढाँचामा अनुमतिपत्र दिनेछ ।
(२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त गर्नको लागि सम्बन्धित दरखास्तवालाले व्यवस्था गर्नु पर्ने भौतिक साधन, जनशक्ति तथा अन्य आवश्यक सुविधाहरु तोकिए बमोजिम हुनेछ ।